काठमाडौं ।
नेपाल निर्माण व्यवसायी महासंघले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण तथा रोकथामका लागि प्रत्येक प्रदेशका लागि १३ लाखका दरले सातवटै प्रदेश सरकारलाई ९१ लाख रुपैयाँ सहयोग गरेको छ ।
महासंघका महासचिव रोशन दाहालका अनुसार महासंघमा आबद्ध सबै निर्माण व्यवसायीहरूको निर्माण कार्यको बिलबाट कट्टा गरी जम्मा भएको निर्माण व्यवसाय विकास परिषद् अन्तर्गत रहेको निर्माण व्यवसायी कोषबाट खर्च हुने गरी सहयोग गरिएको हो।
महासंघले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि केन्द्र सरकारले स्थापना गरेको कोषमा एक करोड रुपैयाँ सहयोग गरेको थियो भने यो सहित महासंघले केन्द्र र प्रदेश गरि १ करोड ९१ लाख रूपैयाँ सहयोग गरेको छ ।





























प्रतिक्रिया