लकडाउनले किसानको बारीमै सुके तरकारी, काठमाडौंमा महंगो (भिडियोसहित)

लकडाउनले किसानको बारीमै सुके तरकारी, काठमाडौंमा महंगो (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि लकडाउन घोषणा गरिएसँगै यसको प्रत्यक्ष असर कृषक र उपभोक्तालाई परेको छ । भरपर्दाे वितरण प्रणाली नहुँदा कृषकहरुको खेतबारीमा तरकारी कुहिन थालेका छन् भने उपभोक्ताहरु महंगो मूल्यमा उपभोग गर्न बाध्य भएका छन् ।

कालिमाटी फलफूल तथा तरकारी बजारले तोकेको भन्दा ४० रुपैंयाँ भन्दा बढी मूल्यमा तरकारी खरिद गर्न बाध्य भएका छन् उपभोक्ताहरु । लकडाउनले गर्दा बजारमा तरकारीको आपूर्ति हुन तथा बाहिरबाट ल्याउन नसकेकाले तरकारीको मूल्य बढेको व्यवसायीहरुले बताएका छन् ।

कालीमाटीमा गाजर, डल्लो फर्सी, लाम्चो भन्टा, बन्दा, काउली, सीमी प्रतिकेजी २० रूपैयाँ छ तर उपभोक्ताका लागि भने खुद्रा पसलमा ४० देखि ५० रूपैयाँ तोकिएको छ । कालीमाटीको थोक मूल्य हरियो खुर्सानी ७५ देखि ८५ रूपैयाँ प्रतिकिलो छ । उपभोक्ताका लागि भने पाउको ५० देखि ६० रूपैयाँ छ । डल्ले च्याउ कालीमाटीमा २ सय ५० रूपैयाँ छ तर उपभोक्ताका लागि ४ सय ५० तोकिएको छ । भिडियोमा :

 

Logo