काठमाडौं ।
लकडाउनकै अवस्थामा पनि अत्यावश्यकीय वस्तुको आयातमा कुनै असर नपरेको भन्सार विभागले जनाएको छ ।
यस्ता वस्तुको आयात सामान्य अवस्थामा जस्तै नियमित र सहज किसिमबाटै जारी रहेको विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए । दाल, चामल, चिनी, ग्यासजस्ता अत्यावश्यकीय वस्तु नियमितजस्तै निर्बाध रूपमा आयात भइरहेको छ, उनले भने ।
विभागका अनुसार आयात र निर्यातको समग्र मात्रा भने घटेको छ । यद्यपि अत्यावश्यकीय वस्तु भने पहिलेकै परिमाणमा आयात भइरहेको दाहालले स्पष्ट पारे । सामान्य अवस्थामा समग्र आयातमध्ये १० प्रतिशत अत्यावश्यकीय वस्तु हुन्थ्यो, उनले भने, अहिले पनि अत्यावश्यकीय बस्तु त्यति नै आयात भएको छ तर अन्य वस्तुको आयात भने १० प्रतिशतमा झरेको छ ।
आयातित वस्तुलाई पूर्ण रूपमा ‘डिसइन्फेक्ट’ गराएर मात्र नेपाल प्रवेश गराइएको महानिर्देशक दाहालले जानकारी दिए । पूर्ण सुरक्षाको विधि प्रयोग गरेर सुरक्षित रूपमा व्यापारको काम नियमित गरिएको उनले बताए । चीनतर्फका नाका खुला गरिए पनि अत्यावश्यक वस्तु भारतबाटै आयात हुँदै आएको छ ।गोरखापत्रबाट































प्रतिक्रिया