व्यावसायीहरूको होम क्वारेन्टाइन: होम एक्सरसाइज, भिडियो मिटिङ (को के गर्दै ?)

व्यावसायीहरूको होम क्वारेन्टाइन: होम एक्सरसाइज, भिडियो मिटिङ (को के गर्दै ?)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । कोरोना भाइरसको असरले देश चैत ११ गतेदेखि लकडाउनमा छ । यसलाई पूर्णरूपमा पालना गर्नका लागि सबै व्यावसायीहरु पनि व्यापार व्यावसाय बन्द गरेर घरभित्रै बसेका छन् ।

उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा पनि घरमै बसेर विभिन्न काम गर्दै दैनिकी बिताउँदै छिन् । राणाको अधिकांश समय महासंघको काममै बित्ने गर्दछ । कहिले व्यावसायीहरुसँग छलफल त कहिले सरकारका मन्त्रीहरुसँगको भेटघाटमा व्यस्त हुन्छिन् उनी । मुलुक संकटमा भएको बेला सरकारलाई सबैले सहयोग गर्नु पर्ने उनको भनाइ छ । त्यसैले दैनिकरुपमा उनी प्रायःव्यस्त रहन्छिन् । घरमै बसेपनि प्रायः व्यस्त हुने गरेको उनको भनाइ छ ।

आफू अति आवश्यक परे मात्रै बाहिर जाने गरेको राणाले बताइन् । यो बेलामा महासंघले दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थालाई कसरी सहज बनाउन सकिन्छ भन्नेतर्फ पनि काम गरिरहेको छ । दैनिक उपभोग्य वस्तुहरुलाई सहज बनाउनको लागि सरकारसँग समन्वय गर्ने तथा महासंघका विभिन्न सेक्टरलाई समेटेर प्रदेश सरकार स्थानिय तह लगायत विभिन्न जिल्लामा आएका समस्यालाई पनि सहजिकरण गर्दै दैनिकी बितेको उनको भनाइ छ ।

त्यसबाट बाँकी रहेको समय घरपरिवारलाई दिने गरेको उनले सुनाइन् । परिवारसँग बसेर मिठा मिठा परिकार बनाएर खाने, शारीरिक व्यायम गर्ने, समाचार पढ्ने, सिनेमाहरु हेर्ने, पुल्स गेम्स, क्रिकेटहरु खेल्ने गरेर उनको दैनिकी बित्ने गरको छ ।

त्यसैगरी, उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरलाई पनि घरमा बस्दा बस्दा दिक्क लाग्न थालेको छ । सरकारले लकडाउनको समय बढाइरहँदा सबैको जनजीवन प्रभावित भएको उनी बताउँछन् । विश्वभरी नै कोरोनाको संक्रमण भएकाले सबै घरमै बसेर रोगसँग लड्न उनी आग्रह गर्छन् । मुलुकमा लकडाउन सुरु भएपछि उनी घरबाट प्रायः बाहिर निस्केका छैनन् । घरमै बसेर भिडियो कलका माध्यमबाट अधिकांश काम भइरहेको छ । ‘हाम्रो प्रायः मिटिङ भिडियो कलबाट हुन्छ ।’ अध्यक्ष मोरले भने । त्यसका साथै घरपरिवारसँग समय बिताउने, टेलिभिजन हेर्ने, योगा गर्दै दिन बित्ने गरेको छ, उनको ।

त्यसैगरी होटल व्यावसायी एशोसिएसन (हान) की अध्यक्ष सृजना राणा पनि घरमै दिन बिताउँछिन् । अहिले शरीर स्वस्थ राख्नका लागि दैनिकजसो शारीरिक व्यायम गर्ने तथा योगा गरेर दैनिकी चलिरहेको छ राणाको । यो परिस्थितिमा विश्वका अन्य देशहरुले के गरिरहेका छन्, त्यसलाई हेर्ने तथा पढेर, विभिन्न लेखरचना, पत्रपत्रिका पढ्ने गरेर पनि दिन बित्न सजिलो भएको छ । घरमा बस्दा परिवारसँग रमाउने मिठामिठा परिकार बनाएर खाने लगायत काम गरेर समय बिताउने गरेको उनले बताइन् ।

अहिलेको यो परिस्थिति नेपालमा मात्र नभएर विश्वमा नै देखिएकाले सबै यसबाट जोगिनु पर्नेमा उनले जोड दिइन् । त्यसको लागि सरकारले अपनाएको यो कदम सह्रानिय रहेको अध्यक्ष राणाले बताइन् । लकडाउनको पालना सबै नेपालीले गरेर कोरोनाबाट बच्न र अरुलाई बचाउनु पर्ने उनको धारणा छ । व्यावसाय भन्दा पनि पहिलो प्राथमिकता भनेको स्वास्थ्य भएकाले त्यसलाई बढी महत्व दिनुपर्ने उनले बताइन् । स्वस्थ रहन सक्यो भने मात्रै व्यावसाय राम्रो हुन्छ । अहिलेको परिस्थिति यहाँ मात्र नभएर विश्वमा नै देखिएकाले लकडाउनमा बसेर मात्रै सामना गर्न सकिने भएकाले आफू पनि होम क्वारेन्टाइनमा रहेको उनको भनाइ छ ।

चेम्बर्स अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको दैनिकी घाउमा नुन छर्के जस्तै भएको छ । हरेक काम फोनबाटै गर्नुपर्ने अवस्था छ । धेरै फोन गर्दा स्वास्थ्यमै समस्या आएको छ । अधिकांश समय फोन गर्दै बित्छ । मुलुकभरीका चेम्बर्सका सदस्यहरुसँग कुराकानी गर्दै फुर्सद हुँदैन, उनलाई । चेम्बरको बैंठक भनेको फोन बैंठक भएको अध्यक्ष श्रेष्ठको भनाइ छ । विभिन्न स्थानमा रहेका चेम्बर सदस्यहरुसँग फोनमै बढी मात्रामा कुरा गर्नुपर्ने भएकाले घाँटीमा समस्या आएको उनी बताउँछन् ।

‘धेरै फोन गर्दा घाँटी नै सुकेर औषधी खानु परेको थियो।’ अध्यक्ष श्रेष्ठले भने । त्यसका अलावा बिहान योगा, ध्यान गर्ने, आत्म शान्तिका लागि पूजा गर्ने गर्दै दिन काट्छन् उनी । श्रेष्ठका लागि सबैभन्दा महत्वपूर्ण काम त दैनिक रुपमा आएका सामाचार हेर्ने र पढ्ने हो । अरु बेला प्रशस्त मात्रामा आफ्नो परिवारलाई समय दिन नपाएका उनले अहिले भने परिवारलाई समय दिन पाएको बताए ।

Logo