काठमाडौँ ।
गरिमा विकास बैंकले सरकारको राहत कोषमा ३५ लाख रुपैयाँ सहयोग गरेको छ ।
गरिमाले सातै प्रदेशका लागि ५ लाख रुपैयाँका दरले सहयो गरेको जनाएको छ । बैंकले लकडाउनका समय स्वास्थ्य परिक्षण, दैनिक उपभोग्य वस्तु तथा क्वारेन्टाइनमा राख्नका लागि सो रकम सहयोग गरिएको जनाएको छ ।
चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड -१९) का कारण हरेक मुलुक आर्थिक संकटतर्फ गइरहेको अवस्थामा विश्वका पीडित मुलुकहरुले राहत घोषणा गरिरहेका छन् । नेपाल सरकारले पनि ५० करोड रुपैयाँ बराबरको राहत कोष खडा गरेको छ । सो कोषमा अहिले भिभिन्न क्षेत्रबाट सहयोग आउने क्रम जारी छ । हालसम्म सो कोषमा २३ करोडको हाराहारीमा रकम संकलन भइसकेको छ ।






























प्रतिक्रिया