काठमाडौं ।
नेपाल उद्योग परिसंघले सरकारलाई मास्क तथा नीजि सुरक्षा उपकरणहरु प्रदान गरेको छ ।
परिसंघका अध्यक्ष सतिशकुमार मोरले स्वास्थ्यमन्त्री भानुभक्त ढकालाई कोरोना भाइरसको संक्रमणबाट बच्न मास्क र सुरक्षा उपकरणहरु प्रदान गरेका हुन् । अध्यक्ष मोरले सरकारलाई नीजि सुरक्षा उपकरण १०० थान र मास्क ७५ हजार थान प्रदान गरेका हुन् ।
हाल विदेशबाट आयात गरिएका तथा नेपालमा उत्पादिन स्वास्थ्य सम्बन्धी सामग्रीहरु उपलब्ध गराइएको अध्यक्ष मोरले बताए । त्यसका साथै निकट भविष्यमा विदेशबाट थप स्वास्थ्य सामग्रीहरु आयात गरी सरकारलाई प्रदान गर्ने परिसंघले जनाएको छ ।
परिसंघका अनुसार स्वास्थ्यकर्मीहरुले प्रयोग गर्ने नीजि सुरक्षा उपकरणहरु विदेशबाट मगाइएको र नेपालमै उत्पादित भएका मास्क सरकारलाई हस्तान्तरण गरिएको हो । त्यसका साथै परिसंघले सबैलाई घरमै बस्न आग्रह गरेको छ ।































प्रतिक्रिया