आजदेखि बन्द गर्ने भनिएको शेयर कारोबार किन भएन बन्द ?

आजदेखि बन्द गर्ने भनिएको शेयर कारोबार किन भएन बन्द ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आज (आइतबार) देखि बन्द गर्ने भनिए पनि शेयर बजार खुलेको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानाले शेयर बजार अत्यावश्यक सेवा नभएकाले बन्द गर्ने बताए पनि अर्थ मन्त्रालयको आदेश पर्खिंदा आज बजार खुलेको हो ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवा बन्द हुने घोषणा गरेपछि आगामी २१ गतेसम्मका लागि शेयर बजार बन्द गरिने बताइएको थियो ।

प्रधानमन्त्री ओलीले देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको बताएका थिए ।

शेयर बजार अत्यावश्यक बस्तुमा नपर्ने भएकाले बन्द हुने बताइएपनि आज बन्द भएको छैन । शेयर बजारका सम्पूर्ण लगानीकर्ताहरुले बजार बन्द गर्ने घोषणा यस अगावै गरिसकेका छन् । नेपाल स्टक एक्चेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउथले भने बन्द गर्ने विषयमा छलफल भइरहेको बताए ।

Logo