काठमाडौं ।
अर्थ मन्त्रालयले आर्थिक वर्ष ०७७/७८ को बजेट निर्माण प्रक्रिया सुरु गरेको छ ।
मन्त्रालयले सम्बन्धीत निकायहरुसँग आगामी वैशाख ५ गतेसम्म सुझाव दिन अनुरोध गरेको छ । मन्त्रालयले बजेटमा समावेश गरिने नीति तथा कार्यक्रमका लागि सम्बन्धीत सरोकारवालाहरुसँग राय/सुझाव मागेको हो ।
मन्त्रालयले विभिन्न संघ, संस्था, राजनीतिज्ञ, वुद्धिजिवी, उद्योगी तथा व्यवसायी कर्मचारी, लगायतसँग राय/ सुझाव मागेको हो । राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०७७/०७८ का लागि १७ खर्ब ५९ अर्ब ६ करोड ९६ लाख रुपैयाँको बजेटको सिलिङ निर्धारण गरेको छ ।





























प्रतिक्रिया