काठमाडौं ।
कोरोना भाइरसका कारण बैंकिङ कारोबारमा समेत समस्या आउन थालेपछि बैंकहरुले डिजिटल भुक्तानी निःशुल्क गर्ने बताएका छन् ।
कोरोना सङ्क्रमण बढ्न सक्ने एक माध्यम बैंक नोटहरु पनि हुन सक्ने भन्दै नोटको कारोबार कम गर्न डिजिटल भुक्तानीलाई निःशुल्क गरेको बैंकर्स संघले जनाएको छ ।
बैंकका शाखाहरुमा भिडभाड कम गर्न तथा विद्युतिय कारोबारलाई प्रोत्साहन गर्न बैंक तथा वित्तीय संस्थाहरुले इन्टरनेट/मोबाइल लगायत विभिन्न विद्युतिय माध्यमबाट गरिने कारोबार, नेपाल क्लियरिङ्ग हाउसले प्रदान गर्ने सेवामा कुनै पनि प्रकारको शुल्क नलाग्ने संघको भनाई छ ।
































प्रतिक्रिया