काठमाडौं ।
नेपाल वायुसेवा निगमले मलेसियाको क्वालाम्पुरमा गर्दै आएको नियमित उडान हाललाई स्थगित गरेको छ ।
कोरोना भाइरसको संक्रमण जोखिमलाई न्यूनिकरण गर्न मलेशिया सरकारले सबै विदेशी नागरिकलाई आफ्नो मुलुकमा प्रवेशमा रोक लगाएकोले निगमले क्वालालम्पुरको नियमित उडान हाललाई १७ मार्च २०२० बाट अर्को निर्णय नहुन्जेल सम्मका लागि स्थगित गरेको हो ।
२०२० मार्च १७ तारिख र सो भन्दा पछिका उडानका टिकट खरीद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराइने छ । २०२० मे ३० सम्म यात्रुहरुको उडान मिति परिवर्तन गर्दा शुल्क नलाग्ने व्यवस्था गरिएको निगमले जनाएको छ ।





























प्रतिक्रिया