काठमाडौं ।
यातायात व्यवस्था विभागले बुधबार कोरोना भाइरसले यातायात क्षेत्रमा पारेको असरका बारेमा छलफल गर्ने भएको छ । यातायात व्यवसायी, ट्राफिक प्रहरी, वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण विभाग र उपभोक्ताकर्मीहरुसँग विभागले छलफल गर्ने भएको हो ।
पछिल्लो समय चीनबाट फैलिएको कोरोना भाइरसको प्रभाव यातायात क्षेत्रमा पनि परेको र यसबाट बच्न यातायात व्यवस्था कसरी गर्ने भन्ने विषयमा सरोकारवाला निकाय तथा उपभोक्तासँग छलफल गर्न लागिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।
हमालका अनुसार विभागले कोरोना भाइरसको प्रकोपबाट कसरी बच्ने र यातायातलाई कसरी सञ्चालन गर्दा कोरोनाबाट आम जनतालाई सङक्रमणबाट जोगाउने विषयमा छलफल गर्नेछ ।































प्रतिक्रिया