काठमाडौं ।
ग्यासको आयात नरोकिएकाले तत्कालै आत्तिहाल्नु पर्ने अवस्था नभएको एल. पि. ग्यास उद्योग संघले जनाएको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै संघले सो जानकारी दिएको हो।
विगतको नाकाबन्दीले थलिएका नेपाली कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि ग्यासको अभाव हुने डरले आवश्यकता भन्दा बढी भण्डारण गर्दा केही असहज भएपनि अभाव भने नरहेकाे संघका अध्यक्ष गोकुल भण्डारीले बताए । ‘आवश्यकता भन्दा बढी भण्डारण गर्दा केही असहजता भएको हो । होली पर्वमा केही दिन ग्यास आयात रोकिएको थियो । त्यो पनि एउटा कारण हो’– उनले भने–‘तर,शुत्रबारदेखि निरन्तर ग्यास आएकाले हप्तादिनमा वितरण सहज हुन्छ ।’
अहिले प्रत्येक वर्ष १५ प्रतिशतले ग्यासको खपतमा वृद्धी भइरहेको छ । सन् २०१८ मा मासिक रुपमा ३३ हजार, २०१९ मा बढेर ३८ हजार र अहिले २०२० मा आएर ४३ हजार मेट्रिक टन खपत हुन थालेको संघले जनाएको छ । नेपालभर खाली सिलिन्डर १ करोड २३ लाख र उपत्यकामा मात्र ५० लाख खाली सिलिन्डर रहेको संघको भनाइ छ । यी मध्ये अब बाँकी १० लाख सिलिन्डर खालि रहेको अध्यक्ष भण्डारीले जानकारी दिएका छन् । ग्यासको माग विगत भन्दा केहि बढी भएपनि सहज आपूर्ति भएकाले उपभोक्ता त्रसित हुने अवस्था नरहेको संघको भनाइ छ । ग्यास जस्तो प्रज्वलनशिल पदार्थलाई आवश्यकता भन्दा बढी संचय नगर्न समेत संघले अनुरोध गरेको छ । साथै ग्यास विक्री गर्दा उपभोक्तालाई पुरानो खाली सिलिण्डरलाई मात्र वितरण गरी नयाँ सिलिण्डर किनबेच नगर्न संघले सूचित समेत गरेको छ ।
संघका अनुसार अहिले ग्यासको माग बढेर मासिक ४० देखि ५० मेट्रिक टन पुगेका छ ।































प्रतिक्रिया