चीनको वुहानबाट शुरू भएको कोरोना भाइरसका कारण यतिबेला विश्वभर सन्त्रास छाएको छ । भाइरसका कारण अहिले विश्वको अर्थतन्त्र प्रभावित भएको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न मुलुकहरुले आवतजावतमा रोक लगाउँदा वस्तु तथा सेवाको वितरण प्रणाली अस्तव्यस्त बन्न पुगेको छ ।
कोरोनाको प्रभावले नेपालको आर्थिक क्षेत्र पनि संकटमा परेको छ । नेपाल राष्ट्र बैंकले हालै गरेको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामा पनि कोरोनाका कारण लक्षित आर्थिक वृद्धिदर हासिल गर्न नसकिने बताएको छ । कालोबजारी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नसक्दा कालोबजारी मौलाइरहेको अवस्था छ ।
कोरोना भाइरसका कारण सरकारले घोषणा गरेको पर्यटन वर्ष प्रभावित भएको छ । पर्यटन बोर्डले भ्रमण वर्षको जनवरी महिनामा १ लाख पर्यटक भित्राउने लक्ष्य लिएको थियो तर, जनवरी र फेब्रुअरी दुई महिनामा जम्मा एक लाख ५८ हजार ३ सय ३७ जना पर्यटक नेपाल भित्रिएका छन् । यतिबेला नेपालका पर्यटकीय गन्तव्यहरु सुनसान जस्तै भएका छन् । कोरोनाले पर्यटन व्यवसायलाई सबैभन्दा ठूलो धक्का दिएको व्यवसायीहरु बताउँछन् ।
कोरोना भाइरसकै कारण नेपालमा सवारीसाधनको विक्रि ठप्प प्राय छ । यसले अटो व्यवसाय चौपट भएको व्यवसायीहरु बताउँछन् ।
प्रस्तुत छ, केन्द्रबिन्दुको विशेष प्रस्तुती ‘कोरोना कहर २’ जसमा कोरोना भाइरसले विश्व अर्थतन्त्रमा पारेको असरहरू समेटेका छौं ।





























प्रतिक्रिया