शेयर बजारमा आज फेरि पहिरो

शेयर बजारमा आज फेरि पहिरो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

बिहिबार शेयर बजार फेरि ओरालो लागेको छ । बुधबार लगभग ७४ अंकले सुध्रिएको बजारमा आज ४६ अंकले गिरावट आएको हो ।

केही दिनयता शेयर बजार उच्च दरले घट्ने र बढ्ने गरिरहेको छ । बजार ३.२३ प्रतिशतको गिरावटपछि १३७७ अंकमा ओर्लिएको छ । विहिबार दिनभरी २ अर्ब २० करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने ५६ लाख ८६ हजार ६ सय ८१ कित्ता शेयर किनबेच भएको छ ।

दिनभरी १८२ कम्पनीको शेयर किनबेच भएको छ । जसमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको कारोबार भएको छ । यस कम्पनीले १९ करोड ८२ लाख बराबरको कारोबार गरेको छ ।

Logo