‘हेभी इक्वीपमेन्टमा प्रतिस्पर्धा कम छ’ : ताराबहादुर कुँवर,अध्यक्ष (भिडियोसहित)

‘हेभी इक्वीपमेन्टमा प्रतिस्पर्धा कम छ’ : ताराबहादुर कुँवर,अध्यक्ष (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काभ्रेका विगत लामो समयदेखि कडा परिश्रम गरेर आफ्नो पहिचान बनाएका ताराबहादुर कुँवर अहिले अधिकांशले चिन्ने नाम हो । ठेलाबाट सुरु गरेर रिक्सा, टेम्पो, ट्रकहुँदै हेभी इक्वीपमेन्टमा प्रवेश गरेका कुँवर हेभी इक्वीपमेन्ट सम्बन्धी व्यवसायीहरुको छाता संगठनको नेतृत्वसम्म पुगेका छन् । नेपालमा हाल २२ हजारको हाराहारीमा हेभी इक्वीपमेन्ट रहेका छन् । नेपालको हेभी इक्वीपमेन्टको अवस्था, बजार र सम्भावनाका बारेमा अध्यक्ष कुँवरसँग केन्द्रबिन्दुले गरेको छोटो कुराकानीः

नेपालमा हेभी इक्वीपमेन्टको बजार छ ?
हेभी इक्वीपमेन्ट अरु सवारीसाधन जस्तो होइन । नेपालमा बजारै नभएको चाहीं होइन । हेभी इक्वीपमेन्टको पार्ट्स बेच्ने बजार राम्रै छ । तर प्रतिस्पर्धा चाँही कम छ । गुणस्तर सामानहरु कम बेचिन्छ ।

हेभी इक्वीपमेन्टका विशेषताहरु के के छन् ?
हामीले बेच्ने नै त होइन । तर हामी यी इक्वीपमेन्टहरु राम्रा छन् भनेर सिफारिस गर्ने काम चाहीं गर्न सक्छौँ । सहज मूल्यमा प्राप्त गर्ने गरी वातावरण पनि मिलाउन सक्छौँ । नेपालमा आउने हेभी इक्वीपमेन्टहरु प्रायः राम्रै गुणस्तर र विशेषता भएका आउने गर्छन् । तर कम गुणस्तरहिन सामान बेच्चेहरुको पनि कमी छैन । यी इक्वीपमेन्टहरु प्रायः लामो समय टिक्ने बलिया खालका हुन्छन् । कम्पनी राम्रो हेरेर किन्नुपर्छ ।

यस क्षेत्रमा समस्याहरु के छन् त ?
हेभी इक्वीपमेन्ट व्यवसायीहरुलाई अहिले मार परिरहेको छ । उनीहरुको राम्रो कमाई छैन । हेभी इक्वीपमेन्टहरुले जहाँ जहाँ काम गरेका छन्, त्यस्ता ठाउँहरुबाट व्यवसायीहरुले पैसा उठाउन सकिरहेका छैनन् । काम पाउन पनि समस्या छ । एकातिर काम नपाउने, अर्काेतिर पाएको कामको पनि समयमा पैसा नउठ्ने हुँदा बैंकको किस्ता तिर्न पनि समस्या परिरहेको छ ।

हेरौं यो भिडियोमा :

 

 

Logo