बीमा सम्बन्धी सबै काम एकद्वार प्रणालीबाट

बीमा सम्बन्धी सबै काम एकद्वार प्रणालीबाट

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ – सरकारले बीमा सम्बन्धी सबै प्रकारका काम एकद्वार प्रणालीबाट गर्ने तयारी थालेको छ ।

बुधबार संसद्को अर्थसमितिमा बीमा विधेयकमाथि भएको छलपलमा अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा सम्बन्धी सबै काम एकद्वार प्रणालीमा ल्याउने प्रक्रिया थालेको बताएका हुन ।

अर्थमन्त्री खतिवडाले यो कस्तो खालको प्रणाली हो भन्ने कुरा चाँहि खुलाएनन् । साथै उनले बीमा सम्बन्धी नियमन सबै एकै निकायबाट हुनुपर्ने बताए । हाल बीमा सम्बन्धी नियमन बीमा समितिबाट हुँदै आएको छ ।

स्वास्थ्य बीमा र सरकारी बीमा कम्पनी फरक ऐन अनुसार संचालन भइरेका छन् । त्यसैले एउटै विषयलाई धेरै निकायबाट नियमन हुनु  भन्दा एउटै निकायबाट नियमन हुँदा राम्रो हुने अर्थमन्त्री खतिवडाको तर्क थियो । प्रस्तावित विधेयकमा बीमा समितिलाई नेपाल बीमा प्राधिकरणमा परिणत गरिने उल्लेख छ ।

कर्मचारी वाहेक प्राधिकरणको सञ्चालक समितिको गठन नयाँ ऐन हुने सो ऐनमा उल्लेख छ । प्रस्तावित विधेयकमा अध्यक्षको कार्यकाल तोकिएको छ । यो ऐनले बढीमा दुई कार्यकाल भन्दा बढी अध्यक्ष हुन नपाउने व्यवस्था गरिएको छ ।

विद्यमान ऐनमा एउटै व्यक्ति धेरै पटकसम्म अध्यक्ष हुन पाउने व्यवस्था छ । त्यसैगरी, प्रस्तावित ऐनको मस्यौदाले बीमा समितिको स्वायतता समेत खोस्न सक्ने व्यवस्था गरेकोे छ ।

Logo