माछापुच्छ्रे बैंकबाट बाहिरिए शर्मा : कामुको जिम्मा कोइरालालाई

माछापुच्छ्रे बैंकबाट बाहिरिए शर्मा : कामुको जिम्मा कोइरालालाई

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुमन शर्माले राजीनामा दिएका छन् ।

सिइओ शर्माले फागुन मसान्तदेखि लागू हुने गरी राजीनामा दिएका हुन् । उनी बैंकमा २३ महिना अघि प्रवेश गरेका थिए । माछापुच्छ्रेबाट शर्मा बाहिरिएपछि बैंकका नायव प्रमुख कार्यकारी सन्तोष कोइरालालाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मा दिइएको छ ।

शर्मा माछापुच्छ्रेमा सिइओ हुनुभन्दा अगाडी ग्लोबल आइएमई बैंकमा कार्यरत थिए । बैंकले शर्मालाई चार वर्षका लागि सिइओका रुपमा नियुक्त गरेको थियो । सिइओ शर्मा व्यक्तिगत कारण देखाउँदै बाहिरिएको बैंकले जनाएको छ । शर्मासँग करिब २२ वर्षको बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ । शर्माले एनएमबि बैंकको सहायक महाप्रबन्धकमा पनि काम गरेका थिए । उनले सन् १९९७ मा नेपाल एसबिआई बैंकमा अधिकृतस्तरबाट बैंकिङ करियर सुरु गरेका थिए ।

कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मा पाएका कोइराला दुई वर्षदेखि नायव प्रमुख कार्यकारीका रुपमा काम गर्दै आएका थिए । माछापुच्छ्रे बैंकमा नै उनले ७ वर्ष काम गरेका छन् । कोइरालाले बैंक अफ काठमाण्डूबाट करियर सुरु गर्दै १० वर्ष सानिमा बैंकमा काम गरेपछि उनी माछापुच्छ्रेमा गएका थिए । उनी २१ वर्षदेखि बैंकिङ क्षेत्रमा कार्यरत रहेका छन् ।

Logo