काठमाडौं ।
नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ । शुक्रबार एकैदिन १८ सयले बृद्धि भएको सुनको मूल्य आइतबार र सोमबार स्थिर भए पनि मंगलबार भने पुनः २ सयले बढ्दै प्रतितोला ८२ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो हप्ता उतार चढावमै रहेको सुनको मूल्यको अहिले सम्मकै उच्च बिन्दुमा पुगेको छ । अघिल्लो हप्ताको बुधबार ८२ हजार ५ सयमा कारोबार भएको सुन विहिबार सुन ८० हजार ७०० सयमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँ घटेको छ । आज चाँदी तोलाको ८८० रुपैयाँ कायम गरिएको छ ।































प्रतिक्रिया