चिलिमेको कामलाई तिब्रता दिने सहमति

चिलिमेको कामलाई तिब्रता दिने सहमति

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

चिलिमे (त्रिशुली २२० केभी ) प्रसारण लाइनको कामलाई तिब्रता दिने सहमति भएको छ ।

रसुवामा निर्माणाधीन र निर्माण हुन लागेको जलविद्युत आयोजनाहरुको प्रसारण लाइनको कामलाई तिब्रता दिने सहमति भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । सो कामका लागि श्रमिक पनि थप्ने सहमति भएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशकहरु बज्रभूषण चौधरी, हरराज न्यौपाने, परामर्शदाता र आयोजना व्यवस्थापन तथा ठेकेदार कम्पनीबीच छलफल भएको थियो । सो छलफलमा कामलाई तिब्रता दिने सहमति जुटेको प्राधिकरणले जनाएको छ ।

चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी,४२.५ मेगावाटको सान्जेन, १४.८ मेगावाटको माथिल्लो सान्जेनको आयोजनाको निरिक्षण गर्न कार्यकारी निर्देशक घिसिङसहितको टोली त्यहाँ पुगेको थियो ।

त्यस आयोजनाको निरिक्षण गर्दै कार्यकारी निर्देशक घिसिङले विभिन्न बाहाना गरेर काममा ढिलाई गर्नेलाई छुट नदिने बताएका छन् । ठेकेदार कम्पनीले फागुनभित्रमा प्रसारण लाइन, चिलिमे र त्रिशुली ३ बी हब सबस्टेसन निर्माण गर्न साइटमा क्रमशः ४ सय, १३० र २५० श्रमिक परिचालन गर्ने सहमति भएको छ । त्यस्तै, सो आयोजनाका ठेकेदार कम्पनीलाई २७ किलोमिटर प्रसारण लाइनसँगै चिलिमे तथा त्रिशुली ३ बी हब सबस्टेसनको पनि निर्माण गर्ने जिम्मा दिइएको छ ।

Logo