काठमाडौं ।
काठमाडौंमा ग्रील तथा स्टील व्यावसायी संघले कोरोना भाइरस भित्रिन नदिन सरकारले नाकामा साबधानी र स्वास्थ्य परिक्षण गर्ने व्यवस्था गर्नु पर्ने बताएको छ ।
गोङगबु इकाई समितिको पाँचौं साधारण सभामा सबै व्यावसायीहरुलाई विश्वमा फैलिएको कोरोना भाइरससँग नआत्तिन तर सचेत रहन आग्रह गर्दै आफू , आफ्नो परिवार कर्मचारीहरुलाई कोरोना लाग्न नदिन सचेत रहन र अपनाउनु पर्ने सावधानी अपनाउन आग्रह गरेको हो । कोरनाको कारण ग्रील तथा स्टील व्यावसायी सङकटमा परेको र यस्तै अवस्था रहेमा उद्योग बन्द गर्नुको बिकल्प नभएको संघका अध्यक्ष मोहन कटुवालले बताए ।
काठमाडौं जिल्लाका नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका प्रतिनिधित्व गर्ने प्रतिनिधीहरु सहभागी भएको कार्यक्रममा सरकारको नितिका कारण अधिकांश ग्रील उद्योगीहरु चाहेर पनि कानुनी दायरामा आउन नस्कदा ब्यावसाय ब्यवस्थित हुन नसकेको जानकारी गराउँदै सरकारले घोषणा गरेको सामाजिक सुरक्षाकोषमा जान समेत बाधा परेको अध्यक्ष कटुवालले बताए ।
भौतिक पूर्वाधार विकास नभएमा ग्रील तथा स्टील व्यावसायी काठको बिकल्पको रुपमा देखिएको हुँदा यसले बन जङगल बिनास गर्न मद्दत पूगि वातावरणलाई सन्तुलन राख्न सहयोग पुगेको हुँदा यसको महत्व अझ बढेको बताएको छ ।





























प्रतिक्रिया