एनसेलको ‘पे एज यु गो’ योजनामा प्रयोगकर्तालाई डाटा बोनस

एनसेलको ‘पे एज यु गो’ योजनामा प्रयोगकर्तालाई डाटा बोनस

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

एनसेलका सबै मोबाइल इन्टरनेट प्रयोगकर्ताले अब बढी शुल्क लाग्ने कुनै डरबिना ढुक्कसँग मेन ब्यालेन्सबाटै सुलभ दरमा डाटा सेवाको फाइदा लिन सक्नेछन् । एनसेल प्राइभेट लिमिटेडले नयाँ डाटा बोनस योजना सार्वजनिक गरेको छ । जस अन्तर्गत मेन ब्यालेन्स अर्थात् पे एज यु गोबाट चलाउँदा लाग्ने दुई रुपैयाँ प्रति एमबी दर ८० प्रतिशतसम्म घट्छ ।

मेन ब्यालेन्सबाटै डाटा सेवा प्रयोग गर्ने र अझ सुलभ दरमा डाटा सेवा प्रयोग गर्नका लागि प्याक सुविधा नलिने ग्राहकलाई लक्षित यो अफर आइतबार (आज) बाट सञ्चालनमा आउँदैछ । यो अफरमा डाटा सेवाका लागि जति मात्रामा मेन ब्यालेन्स खर्च हुँदै जान्छ, डाटा सेवाको शुल्क थप घट्दै जान्छ ।

ग्राहकले मेन ब्यालेन्सबाट डेटा सेवा चलाउँदा खर्च भएको ब्यालेन्स रकमको आधारमा त्यति नै बेला बोनस डेटा पाउँदै जाने एनसेलले जनाएको छ । ग्राहकले आफ्नो ब्यालेन्सबाट २, ५, १०, २०, ३० वा यो भन्दा थप १० रुपैयाँका दरले खर्च गर्दै जान्छन्, त्यसै अनुपातमा तत्काल बोनस डाटा प्राप्त गर्दै जानेछन् ।

यसरी प्राप्त हुने डाटा बोनस प्रयोग गर्नका लागि दुई दिनको समयावधि हुनेछ । ग्राहकले पे एज यु गो अन्तर्गत पहिलो १० रुपैयाँ खर्च गरेपछि प्रत्येक थप १० रुपैयाँ डाटामा खर्च गरेबापत २० र २० एमबी बोनस डाटा तत्काल प्राप्त गर्दै जानेछन् ।

ग्राहकले २ रुपैयाँ मेन ब्यालेन्स डाटा सेवामा खर्च गर्दछन् भने उनीहरूले तत्कालै २ एमबी डेटा बोनस पाउनेछन् । यसैगरी, ग्राकहरुले ३० रुपैयाँ ब्यालेन्स खर्च गर्छन् भने बोनसको ५७ एमबीसहित करिब ६९ एमबी डाटा पाउनेछन् । ग्राहकले मेन ब्यालेन्सको १ सय डेटामा खर्च गर्दछन् भने मेन ब्यालेन्सबाट पाइने ३९.१६ एमबी र बोनस १९७ एमबीसहित कुल २३६ एमबी डेटा पाउनेछन् ।

यो अफर आइतबारदेखि शनिबारको साप्ताहिक चक्रमा सञ्चालन हुनेछ । यसले ग्राहकले एक साताभित्र जति मेन ब्यालेन्सबाट पे एज यु गोमार्फत डाटामा खर्च गर्दछन् । त्यसकै हिसाबको आधारमा बोनस पाउँछन् । आफ्ना ग्राहकलाई मेन ब्यालेन्सबाटै पनि सुलभ दरमा डाटा सेवामा पहुँच सुनिश्चित गर्ने उद्देश्यसहित यो योजना ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ ।

Skip This
Skip This
Logo