नारी दिवसमा एनआईसी एशिया बैंकका महिला ग्राहकका लागि विशेष योजना

नारी दिवसमा एनआईसी एशिया बैंकका महिला ग्राहकका लागि विशेष योजना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

एनआईसी एशिया बैंक लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसलाई लक्षित गरी बैंकका महिला ग्राहकलाई विशेष योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत यस वर्षको नारी दिवसका दिन अर्थात फागुन २५ गते यस बैंकको मोबाइल बैंकिङ्ग प्रयोग गरी कारोबार गर्ने १०० जना भाग्यशाली महिलाहरूले १०० प्रतिशत वा १० हजारसम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन् । यस बैंकका महिला ग्राहक महानुभावहरूले मो बैंक एपबाट मोबाइल रिचार्ज गर्दा, बिजुलीको महसुल तिर्दा, हवाई टिकट खरिद गर्दा, क्यु आर पेमेन्ट लगायतका भुक्तानीहरूमा यो योजना लागू हुनेछ । तर वालेट लोड तथा फन्ड ट्रान्सफरलाई यस योजनामा समावेश गरिएको छैन । यस योजनाले आफ्ना सम्पूर्ण महिला ग्राहकलाई सम्मान गर्नुका साथै उनीहरूमा डिजिटल बैंकिङ्ग कारोबार गर्न प्रोत्साहन पुग्ने बैंकले विश्वास लिएको छ ।

यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरु, ४५४ एटिएम, १०७ वटा एक्स्टेन्सन काउण्टर एवं ५८ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

Skip This
Skip This
Logo