रिचार्जरले ल्यायो एक रुपैयाँमै टीसर्ट अफर !

रिचार्जरले ल्यायो एक रुपैयाँमै टीसर्ट अफर !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

मोबाइल एप रिचार्जरले होलीको अवसर पारेर १ रुपैयाँमा होलीको टीसर्ट उपलब्ध गराउने भएको छ । रङ्गहरुको पर्व होलीलाई हर्षोल्लास बनाउनुका साथै आफ्नो ब्राण्ड प्रवद्र्धनका लागि होलीको थिमयुक्त टीसर्ट १ रुपैयाँमा उपलब्ध गराउने अफर ल्याएको रिचार्जरले जनाएको छ।

रिचार्जरका अनुसार फागुन २३ गते शुक्रबार दिउँसो १ बजेदेखि ३ बजेसम्म रिचार्जरको मोबाइल एपबाट टीसर्ट खरीद गर्नुपर्नेछ । १ रुपैयाँमा टीसर्ट खरीद गर्नका लागि रिचार्जरमा रहेको आफ्नो खाताबाट १४९ क्यास प्वाईन्ट भने प्रयोग गर्नुपर्ने हुन्छ । अर्थात १४९ क्यास प्वाईन्ट र १ रुपैयाँ भुक्तान गरेर टीसर्ट किन्न सकिन्छ।

गुगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर डाउनलोड गरी एकाउण्ट खोलेपछि प्रयोगकर्ताले तत्कालै १०० क्यास प्वाइन्ट पाउने छन् । रिचार्जरबाट जतिको मोबाइल रिचार्ज गर्यो त्यति नै क्यास प्वाईन्ट पाइनेछ। क्यास प्वाईन्टलाई रिचार्जरबाट सामान खरिद गर्दा डिस्काउण्ट भौचरका रुपमा प्रयोग गर्न सकिन्छ ।

Logo