काठमाडौं । आइएमई ग्रुपले नयाँ योजना सार्वजनिक गरेको छ । बुधबार आइएमई पे एपले ‘नेपालमा पैसा हातैमा पायो, सँगै रु ५० को बोनस खायो’ भन्ने नयाँ योजना ल्याएको हो ।
नयाँ योजना अनुसार जापानको क्योदाईबाट सजिलै नेपालको ‘आइएमई पे’ मोबाइल वालेटमा पैसा पठाउन सकिने छ । यो योजना फ्रेबुअरी २२ देखि छ महिनासम्म लागू हुनेछ ।
योजना अवधिभर क्योदाईबाट नेपालमा आइएमई पे गर्ने सेवाग्राहीले तीन पटकसम्म निशूल्क पैसा पठाउन सक्नेछन् । सेवा लिनका लागि मोबाइलमा अनिवार्य ‘आइएमई पे’ डाउनलोड गर्नु पर्ने कम्पनीले जनाएको छ ।
जापानस्थित जुनसुकै क्योदाई काउन्टरबाट नेपालमा पठाउने रकम ‘आइएमई पे’ फोन नम्बर प्रदान गरी नेपालको ‘आइएमई पे’ मोबाइल वालेट नम्बरमा निःशुल्क पठाउन सकिने कम्पनीले जनाएको छ ।
आइएमई डिजिटलले नेपालमा दूरसञ्चारको माध्यमबाट मोबाइल वालेट सेवा दिँदै आएको छ ।
प्रतिक्रिया