काठमाडौँ ।
कृषि विकास बैंकको अध्यक्षमा लक्ष्मीप्रपन्न निरौला नियुक्त भएका छन् ।
नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक निरौला सरकारी स्वामित्वको बैंक अध्यक्षमा नियुक्त भएका हुन् । निरौला बुधबार बिहान अर्थमन्त्री स्तरीय निर्णयबाट अध्यक्ष नियुक्त भएका हुन् ।
निरौलाले नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरन्जीबि नेपालसँग पद तथा गोपनियताको सपथ लिएका छन् । उनी अवकाश हुने बेलामा राष्ट्र बैंकको प्रवक्ता थिए । उनी मुद्रा ब्यवस्थापन विभागका कार्यकारी निर्देशक थिए ।
निरौलासँग राष्ट्र बैंकको नियमन तथा बैंक सुपरिवेक्षणको राम्रो अनुभव छ । निरौलाले अर्थशास्त्र र जनप्रशासनमा स्नातकोत्तर गरेका छन् भने बैंकको ब्यवस्थापन समितिका सदस्य सचिव समेत थिए ।































प्रतिक्रिया