वाग्मती प्रदेश : विकास निर्माणको भौतिक प्रगति ४४ प्रतिशत

वाग्मती प्रदेश : विकास निर्माणको भौतिक प्रगति ४४ प्रतिशत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

वाग्मती प्रदेशका विकास निमार्णका काम मध्ये पहिलो चौमासिकसम्म कूल ४४ दशमलव ६१ प्रतिशत भौतिक प्रगति भएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार विभिन्न क्षेत्रमा सडक निर्माण तथा मर्मत, सडक पुल तथा झोलुङ्गे पुल निर्माण लगायतका पूर्वाधारमध्ये चालू आर्थिक वर्ष ०७७/०७८ को पहिलो चौमासिकसम्म सो प्रगति हासिल भएको हो ।

चालू आवमा प्रदेशभित्र सडक निर्माण तथा मर्मत कार्य गरी कूल ८३६, सडक पुल निर्माण तर्फ ११२ र झोलुङ्गे पुल निर्माणमा १५ योजना रहेका छन् ।

यी योजनामध्ये केही योजना कार्यान्वयनमा रहेका छन् भने केही योजना कार्यान्वयनको प्रक्रियामा रहेको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत ग्रामीण सडक महाशाखा प्रमुख नविनकुमार सिंहले जानकारी दिए।

मन्त्रालयका अनुसार चालू आवको पहिलो चौमासिकसम्म वित्तिय प्रगति ३९ दशमलब ६१ प्रतिशत भएको छ । ती सबै योजना प्रभावकारीरुपमा कार्यान्वयनका लागि एउटा निर्देशनालय र आठ वटा विभिन्न मातहतका कार्यालय रहेका छन् ।

Logo