सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी स्थिर

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी स्थिर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपाली बजारमा सोमबार स्थिर रहेको सुनको मूल्यमा आज केहि बृद्धि भएको छ ।

शुक्रबारको तुलनामा आइतबार प्रतितोला १ हजार २ सय रुपैयाँले घटेर सुन ७८ हजारमा कारोबार भइरहेको र सोमबार पनि सोहि मूल्यमा कारोबार भइरहेको सुनको मूल्य आज भने प्रतितोला ३ सय रुपैयाँले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ७८ हजार ३ सयमा सुनको कारोबार भइरहेको छ । सुन शुक्रबार ७९ हजार २ रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य भने आज स्थिर रहेको छ । आज चाँदी तोलाको ८६० रुपैयाँ कायम गरिएको छ ।

Logo