नेपाल राष्ट्र बैंकले शनिबार (आज) पनि बैंक खुला राख्न निर्देशन दिएको छ । चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको अन्तिम कर विवरण एवं राजस्व बुझाउने चापलाई मध्यनजर गर्दै राष्ट्र बैंकले शनिबारको दिन पनि राजस्व संकलनका लागि सम्बन्धित बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न यस्तो निर्देशन दिएको हो ।
राष्ट्र बैंकको निर्देशन पछि राजस्व लिने सबै बैंकका शाखा कार्यालय तथा काउन्टर (आज) शनिबार पनि खुला रहने भएका छन् । त्यस्तै, क्लियरिङ गर्ने काउन्टरहरु पनि खोल्न निर्देशन दिएको छ । राष्ट्र बैंकले पुस २५ गते राजस्व संकलन गर्ने प्रयोजनका लागि आरटीजीएस प्रणाली समेत सञ्चालन हुने जनाएको छ ।































प्रतिक्रिया