नेपालसँगको श्रम सम्झौता अद्यावधिक गर्न कतार तयार

नेपालसँगको श्रम सम्झौता अद्यावधिक गर्न कतार तयार

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

कतारले नेपालसँगको श्रम सम्झौता अद्यावधिक गर्न तयार रहेको जनाएको छ । सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि कतारका राजदूत युसुफ विन महोम्मद अल हल्नीले सोमबार सिंहदरबारमा गरेको शिष्टाचार भेटमा राजदूतले दुई देशबीच भएको श्रम सम्झौतालाई आवश्यकता अनुसार परिमार्जन गर्न तयार रहेको बताएका हुन् ।

यसअघि कतारसँगको समझदारीलाई समयानुकूल बनाउन नेपालले लामो समयदेखि कूटनीतिक पहल गरिरहेको थियो । सम्झौता परिमार्जनका लागि विभिन्न चरणमा द्विपक्षीय वार्ता संवाद भए पनि त्यसले मूर्तरुप लिन सकेको थिएन ।

भेटमा राजदूत युसुफले नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । “हामीले नेपालमा क्रिकेट रङ्गशाला निर्माणमा पनि सहयोग गर्न चाहेका छौँ”, सभामुखसँगको भेटमा उनले भने । सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबलको तयारीमा कतारमा कार्यरत नेपाली श्रमिकले ठूलो योगदान गरिरहेको पनि राजदूतले स्मरण गरे ।

सो अवसरमा सभामुख सापकोटाले जलवायु परिवर्तनलगायत विश्वव्यापी समस्या समाधन गर्न नेपाल र कतारले संयुक्तरुपमा पहलकदमी लिनुपर्नेमा जोड दिएका थिए। भेटमा उनले सन् २०२२ मा कतारले आयोजना गर्न लागेको विश्वकप फुटबलको सफलताको कामना गरेका सभामुखको सचिवालयले जनाएको छ ।
रासस

Skip This
Skip This
Logo