काभ्रे ।
काभ्रेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि.ले सामाजिक उत्तरदायित्व अन्तर्गत सेवा कार्यालय खोपासीको आयोजनामा एकदिने दन्त शिविर सम्पन्न भएको छ ।
गोरखनाथ डेन्टल क्लिनिक पनौतीको प्राविधिक सहयोगमा प्राथमिक स्वास्थ्य केन्द्र खोपासीमा एकदिने निःशुल्क दन्त शिविर सम्पन्न गरेको हो । उक्त शिविरमा पनौती न.पा १० का वडाध्यक्ष मोहनबहादुर भण्डारीले आफ्नो दन्त परिक्षण गरी शुभारम्भ गरेका थिए ।
शिविरमा १०६ जना दाँतका विरामीको जाँच गरी निःशुल्क औषधी वितरणसमेत गरिएको सेवा कार्यालय खोपासीका कार्यालय व्यवस्थापक राजेन्द्र बन्जाराले जानकारी दिए । संस्थाले आगामी दिनहरुमा समेत यस्ता सामाजिक, सामुदायिक उत्तरदायित्व बहन गरी यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्ने बताए ।





























प्रतिक्रिया