नबिल बैंक र भक्तपुर उद्योग वाणिज्य संघवीच अन्तर्क्रिया कार्यक्रम

नबिल बैंक र भक्तपुर उद्योग वाणिज्य संघवीच अन्तर्क्रिया कार्यक्रम

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नबिल बैंक लि. र भक्तपुर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा मंगलबार वाणिज्य संघको कार्यालयमा भक्तपुर जिल्लाका उद्योग तथा व्यवसाय प्रबर्धन विषयक एक अन्तर्क्रिया कार्यक्रम भयोे ।

कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप श्रेष्ठबीच, बैक र संघका सदस्यहरुलाई, ब्यवसाय प्रबद्र्धन तथा बैकिङ सेवा सुलभ तवरबाट उपलब्ध गराउने सम्बन्धी सम्झौता समेत भएको छ । कार्यक्रममा संघका पदाधिकारी तथा ब्यवसायी सदस्यहरुबाट राखेका बैंक सेवा सुविधा सम्बन्धि जिज्ञासा उपर बैकका प्रमुख कार्यकारी अधिकृत शाहले प्रत्युत्तर समेत दिएका थिए ।

सम्झौतासगै नबिल बैंकले भक्तपुर उद्योग वाणिज्य संघका सदस्यका साथै देशभरका व्यवसाय र उद्योग क्षेत्रको प्रबर्धन र संरक्षणको लागि बैंकले सदा सहयोग गर्ने शाहले जानकारी गराए । भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप श्रेष्ठले भक्तपुर उद्योग वाणिज्य संघले नबिल बंैकसंग सम्झौता गरी भक्तपुरका व्यवसाय र उद्योग क्षेत्रको प्रबर्धन गर्न बैंकको साथ पाउंदा निकै खुशी लागेको बताए । नबिल बैंकले ११४ वटा शाखाहरु, १६६ वटा एटिएमहरुको विशाल संरचना र १५ सय भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत सेवा प्रदान गरेर आफ्ना सबै स्टेकहोल्डरहरु संगै अघि बढ्ने विश्वास राखेको छ ।

Logo