काठमाडौं ।
नेपाली बजारमा सुनको मूल्यले दिन दिनै नयाँ रेकर्ड कायम गर्दै आएको छ । मंगलबार अहिले सम्मकै उच्च मूल्यमा कारोबार भएको सुन बुधबार झन उच्च बिन्दुमा पुगेको छ । आज प्रतितोला ४ सय रुपैयाँ बढेर सुन ७७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
मंगलबारको मूल्य प्रतितोला ७६ हजार ७ सय कायम थियो । यसअघि गएको पुस २३ गते ७६ हजार ५ सयसम्म पुगेको सुनको मूल्यमा उतार चढाव भइरहेको थियो ।
चीनबाट फैलिएको कोरोना भाइरसको प्रभावले विश्व बजारमै सुनको मूल्यमा प्रभाव पारेको व्यावसायीहरु बताउँछन् । आज चाँदीको मूल्यमा पनि प्रतितोला १५ रुपैयाँ बढेर ९०५ मा कारोबार भइरहेको छ ।





























प्रतिक्रिया