सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं  । सुन–चाँदीको भाउ बढेको छ । साताको पहिलो दिन आइतबार छापावाला सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेर ७६ हजार ५०० रुपैयाँ पुगेको हो ।

गत शुक्रबार तेजावी सुनको भाउ ७५ हजार ७०० रुपैयाँ थियो । चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेर ८ सय ८५ रुपैयाँ पुगेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले बताएको छ ।

गत शुक्रबार छापावाला सुनको भाउ ७६ हजार रुपैयाँ थियो । यस्तै, तेजावी सुनको मूल्य पनि प्रतितोला ५०० रुपैयाँले नै बढेर ७६ हजार २०० रुपौयाँ पुगेको छ ।

यसअघि उच्चतम मूल्य प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा पुगेको सुनको मूल्य आज फेरि त्यही मूल्यमा पुगेको हाे।

Logo