भारतबाट नेपालमा पोल्ट्रीजन्य वस्तुको आयात प्रतिवन्ध

भारतबाट नेपालमा पोल्ट्रीजन्य वस्तुको आयात प्रतिवन्ध

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

भारतका विभिन्न प्रदेशमा केही दिनदेखि बर्डफ्लू संक्रमण फैलिन थालेपछि नेपालमा बर्डफ्लू भित्रिन नदिनका लागि भारतबाट आयात हुने पोल्ट्रीजन्य वस्तु अर्थात (कुखुरा) को आयातमा नेपालले तत्काल प्रतिबन्ध लगाएको छ ।

भारतबाट पोल्ट्रीजन्य वस्तु आयात हुँदा नेपालमा पनि बर्डफ्लूको प्रकोप फैलिन सक्ने भएको भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्र्तगतको पशु सेवा विभागलाई भारतको जुनसुकै क्षेत्रबाट पोल्ट्री र पोल्ट्रीजन्य पदार्थ तत्काल रोक्न भन्दै मन्त्रालयबाट पत्र आएकाले विभागका सूचना अधिकारी डा.चन्द्र ढकालले जानकारी दिए ।

उनका अनुसार अहिले विभागमा आयात प्रतिबन्ध लगाउने विषयमा छलफल भइरहेको छ । छलफलमा भारतका सबै क्षेत्रबाट आयात हुने पोल्ट्रीजन्य वस्तुको आयात तत्काल प्रतिबन्ध लगाउने विषयमा भइरहेको ढकालले जानकारी दिए ।

सूचना अधिकारीका अनुसार विभागले नेपाल–भारत सीमाका क्वारेन्टाइन चेक पोष्टलाई समेत पत्राचार गरेको छ । एक साता अघिदेखि भारतका विभिन्न राज्यमा केरला, गुजरात, हरियाणा, राजस्थान, विहार लगायतका एक दर्जन भन्दा बढी क्षेत्रमा बर्डफ्लू देखिएको छ । यी क्षेत्रमा कुखुरा, हाँस लगायत पशुपन्छीमा समेत बर्डफ्लू देखा परेकाले लाखौं कुखुरा, हाँस नष्ट गर्न थालिएको छ । यसरी बर्डफ्लूको प्रकोप देखा परेपछि अण्डा बिक्री वितरणमा पनि रोक लगाइएको छ ।

भारतमा बर्डफ्लू फैलिएकाले भारतबाटै कुखुराका लागि दानासमेत भारतबाट नै आयात हुने भएकाले यस्ता किसिमका वस्तु आयातमा तत्काल रोक लगाउन निर्देशन दिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बर्डफ्लू रोकथाम तथा नियन्त्रणका लागि पनि तयारी अवस्थामा रहेको छ ।

Logo