काठमाडौं ।
नेपाली बजारमा मंगलबार सुनको मूल्यमा प्रतितोला एकसय रुपैयाँले गिरावट आएको छ । आज छापावाला सुनको मूल्य ७५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार ७६ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाए अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला ७५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य भने स्थिर नै छ । चाँदी ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।































प्रतिक्रिया