सोमबार १० करोडको ट्रेजरी बिल बिक्री गरिने

सोमबार १० करोडको ट्रेजरी बिल बिक्री गरिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले कूल १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले माघ २७ गते सोमबार उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

बैंकका अनुसार कूल ९१ दिने अवधिका लागि उक्त ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । सोमबार बिक्री गरिने ट्रेजरी बिल आगामी वैशाख ३० गते परिपक्व हुनेछ । बैंकले यसअघि पनि ९५ करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

Logo