काठमाडौं ।
आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ। बिहीबार प्रतितोला ७५ हजार २ सयमा कारोबार भएको सुन आज ७५ हजार ६ सय कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
निरन्तर उकालो लागेर प्रतितोला ७६ हजार ५ सय रुपैयाँसम्म पुगेको सुनको मूल्य घटेर ७४ हजार ८ सयमा आएको थियो। तर, अहिले पुनः उकालो लागेर ७५ हजार ६ सयमा पुगेको हो।
यस्तै चाँदी प्रतितोला १० रुपैयाँ बढेर आज ८८५ मा कारोबार भइरहेको छ ।





























प्रतिक्रिया