नाडाको टिम नयाँ दिल्ली प्रस्थान

नाडाको टिम नयाँ दिल्ली प्रस्थान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

१५ औं अटो एक्स्पो २०२० दिल्ली इन्डियाको सन्दर्भमा भारतको सोसाइटी अफ इण्डीयन अटोमोवाइल मेनुफेक्चर्स र अटोमोटिभ कम्पानेण्ट मेनुफेक्चर्स एशोसिएशनको औपचारिक निमन्त्रणामा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरु सहित १५० सदस्यीय नाडाको प्रनिधिमण्डल दिल्ली प्रस्थान गरेको छ ।

सोसाइटी अफ इण्डीयन अटोमोवाइल मेनुफेक्चर्स र अटोमोटिभ कम्पानेण्ट मेनुफेक्चर्स एशोसिएशनको औपचारिक निमन्त्रणामा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरु सहित १५० सदसिय नाडाको प्रतिनिधिमण्डल बुधबार दिल्ली प्रस्थान गरेको नाडाले जानकारी दिएको छ ।

फेब्रुवरी ६ देखि ९ सम्म दिल्लीको प्रगति मैदानमा कम्पानेण्टहरुको र फेब्रुवरी ७ देखि १२ सम्म ग्रेटर नोएडामा अटो एक्स्पो मोटर शो २०२० शुभारम्भ हुदैछ । फेब्रुवरी ६ मा गे्रटर नोएडामा भारतका सडक यातायात, हाइवे र माइक्रो, स्मल एण्ड मिडियम इण्टरप्राइजेज मन्त्री नितीन गडकरीले सो प्रदर्शनीको उद्घाटन गर्नेछन् । सोसाइटी अफ इण्डीयन अटोमोवाइल मेनुफेक्चर्सको पहलमा फेब्रुवरी ७ मा दक्षिण एशियाली अटोमोवाइल एशोसिएशनहरुको गठनका लागि एमओयुमा हस्ताक्षर हुनेछ ।

उक्त फोरममा भारत लगायत नेपाल बङ्गलादेश, श्रीलङ्का र म्यानमार समेतको सहभागिता रहनेछ । फोरमको गठन, दक्षिण एशियाको अटोमोवाइल क्षेत्रको इतिहासमा कोशे ढुङ्गा हुने नाडाले विश्वास लिएको छ ।

उक्त नाडा प्रतिनिधि मण्डलमा केन्द्रीय कार्य समितिका अध्यक्ष कृष्णप्रसाद दुलाल, पूर्व अध्यक्षद्वय सौरभ ज्योति, अञ्जन श्रेष्ठ, उपाध्यक्षद्वय करणकुमार चौधरी, आकाश गोल्छा, महासचिव सुनिव रिजाल, केन्द्रीय कार्य समिति सदस्य ध्रुववहादुर थापा सहभागी हुनेछन् ।

Logo