काठमाडौं ।
नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिद गर्दा लिएको ऋणको पुष मसान्तमा भुक्तानी गर्नुपर्ने किस्ता बापत भुक्तानी गरेको छ ।
दुईवटा वाइडवडीको किस्ता रकम ६६ करोड ५५ लाख ९९ हजार सात सय सत्तरी र न्यारोवडीको ३४ करोड ८५ लाख ६४ हजार ६ सय तेइस रुपैयाँ गरी जम्मा १ अर्व १ करोड ४१ लाख ६४ हजार तीन सय त्रियानब्बे रुपैयाँ भुक्तानी गरेको हो ।
निगमले जहाज खरिद गर्दा लिएको ऋणको हरेक तीन/तीन महिनामा किस्ता भुक्तानी गर्नुपर्ने दायित्व रहेको छ । निगमले दुई वाइडबडी जहाज डेढ वर्षअघि भित्र्याइएको थियो । निगमले दुवै कोषबाट २४ अर्ब ऋण लिएको थियो । अघिल्लो पटक न्यारोबडी जहाज खरिद गर्दा पनि निगमले २० अर्ब ऋण लिएको थियो ।































प्रतिक्रिया