आरविवि मर्चेन्ट बैंकिङ्गको पाँचौं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

आरविवि मर्चेन्ट बैंकिङ्गको पाँचौं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको ५ औं वार्षिकोत्सव समारोह नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरजगिरी तथा नेपाल स्टक एक्स्चेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री चन्द्र सिंह साउदको विशिष्ठ आतित्यथामा बुधबार सम्पन्न भएको छ ।

समारोहमा धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले मर्चेन्ट बैंकिङ्ग लि.लाई ५ औं वार्षिकोत्सवको अवसरमा कम्पनीको उत्तरोत्तर प्रगतिको लागि शुभकामना दिँदै यस क्षेत्रमा हुँदै आएका काम कारबाहीहरुलाई अझै पारदर्शीरुपमा देशका हरेक स्थानहरुबाट सम्पन्न गराउनका लागि कार्य भइरहेको तथा लगानी मैत्री वातावरण सृजना गर्नको लागि अध्ययन समेत भइरहेको जानकारी गराए । उनले मर्चेन्ट बैंकरहरुलाई इङ्गित गर्दै लगानीका नयाँ आयामहरुको अध्ययन अनुसन्धान गरिनु पर्ने तथा नियामक निकायहरुलाई सो सम्बन्धी कार्यविधि तयार बनाउन समेत पहल गर्नुपर्ने बताए ।

समारोहमा नेपाल स्टक एक्स्चेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले धितोपत्र कारोबार सहज र सरल रुपमा गर्नको लागि अनलाइन प्रणाली लागु भैसकेको तथा बजारमा सुचिकृत बैंक तथा वित्तीय संस्था साथै अन्य कम्पनीहरुको बारेमा विश्लेषण गर्नको लागि छुट्टै डाटा वेसतयार भैरहेको कुरा जानकारी गराए ।

मर्चेन्टका प्रमुख कार्यकारी बद्रीप्रसाद प्याकुरेलले मर्चेन्टको वर्तमान स्थिति, संस्थाले नेपाल पुनर्बीमा कम्पनी लि.ले निष्कासन गर्न लागेको १ अर्ब ६० करोड रुपैयाँ बराबरको प्राथमिक सेयर सर्वसाधारण समुहलाई निष्कासन गर्नको लागि आरविवि मर्चेन्ट बैंकिङ्ग लिसँग सम्झौता भए बमोजिम निष्कासनको अन्तिम चरणको काम भइरहेको साथै विभिन्न कम्पनीहरुसँग समन्वय गर्दै विभिन्न सम्झौता समेत भइरहेको जानकारी गराए ।

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक लि.का प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले कम्पनीको ५ औं वार्षिकोत्स समारोह मनाउने अवसरमा यस संस्थालाई एउटा हुर्कीरहेको बच्चाको संज्ञा दिँदै अबको दिनमा यस संस्थाले धितोपत्र बजारको चुनौतीहरुलाई आत्मसाथ गरि आफूलाई पनि रा.बा.बैंकलि. जसरी नै स्थापित हुनको लागि प्रोत्साहन दिए ।

कार्यक्रममा रा.बा बैंकलि.का नायव प्रमुख कार्यकारी अधिकृतद्वय कबिराज अधिकारीे र केशवप्रसाद लम्साल, उपकार्यकारी अधिकृतहरु टेकराज जोशी र महेन्द्रप्रसाद अवस्थी, सरस्वती अधिकारी, देवेन्द्ररमण खनाल, कम्पनी सचीव भोलानाथ पौडेल ,क्षेत्रीय प्रमुख सोनीश्रेष्ठ, आन्तरिक लेखा परिक्षण प्रमुख संजय कुमार श्रेष्ठ, ,शाखा प्रबन्धक युवराज घिमिरे लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Skip This
Skip This
Logo