प्रभु बैंकको शाखा लाङटाङको केन्जिङ्गमा

प्रभु बैंकको शाखा लाङटाङको केन्जिङ्गमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आजदेखि रसुवा जिल्लाको गोसाईंकुण्ड गाउँपालिकास्थित लाङटाङ–केन्जिङ्गमा आफ्नो २०६ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकको लाङटाङ शाखा कार्यालयको समुद्घाटन गोसाइकुण्ड गाउँपालिकास्थित प्रशिद्ध केन्जिङ्ग गुम्बाका प्रमुख साङगे लामाले एक समारोहकाबिच गर्नु भएको हो ।

बैंकको लाङटाङमा शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथी साङगे लामाले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहजरुपमा आधुनिक बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीयकार्य गरेको तथा प्रभु बैंकको यो अभियानले देशभरि नै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउदै बैंकलाई सफलताको शुभकामना व्यक्त गरे । बैंकका लाङटाङ शाखा कार्यालय समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

बैंकको लाङटाङ शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवाप्रवाह हुने भएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्रणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा लाङटाङ शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

Logo