निकेड एक्सप्रेसको ब्राण्ड एम्बासडरमा अभिनेता प्रदिप खड्का अनुबन्धित

निकेड एक्सप्रेसको ब्राण्ड एम्बासडरमा अभिनेता प्रदिप खड्का अनुबन्धित

केन्द्रबिन्दु
0
Shares

काठमाडाै‌ँ ।

नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता प्रदिप खड्का थुप्रै कम्पनीका ब्राण्ड एम्बासडरमा अनुबन्धित हुने कलाकारमा पर्छन् । यसै बीच उनी फेरि पनि निकेड एक्सप्रेस नामक कपडा ब्राण्डको ब्राण्ड एम्बासडरमा अनुबन्धित भएका छन् । सोमबार काठमाडौंमा एक भव्य कार्यक्रमको आयोजना गरि उनलाई एक वर्षका लागि अनुबन्धित गरिएको हो ।

वि.सं. २०७१ सालमा दर्ता भएर काठमाडौंको सितापाईलाबाट उत्पादन तथा विक्री वितरण सुरु गरेको निकेड एक्सप्रेस कम्पनीले छोटो समयमा नै आफ्ना ग्राहकको मन जित्न सफल भएको छ । कम्पनीका अध्यक्ष किशोर खतिवडाका अनुसार कम मूल्यमा गुणस्तरिय सामान उपलब्ध गराई ग्राहकको सन्तुष्टी संरक्षण गर्नु रहेको छ ।

त्यस्तै कार्यक्रमका विशेष अतिथी अभिनेता प्रदिप खड्काले आफू नेपालमा उत्पादित कपडा कम्पनीको ब्राण्ड एम्बासडरमा अनुबन्धित हुन पाउँदा खुसी भएको बताए । यसरी कपडाको क्षेत्रमा मात्र भए पनि आत्मनिर्भर हुने हो भने त्यसले व्यवसायीलाई मात्र होइन उपभोक्ता र देशलाई पनि फाईदा पुग्ने उनको विश्वास छ ।

हाल नेपालभरि १० वटा थोक तथा ७०० भन्दा बढी खुद्रा पसलमार्फत यस ब्राण्डका टिसर्ट, जम्पर, ज्याकेट, हुडी, सिलिकन ज्याकेट, डाउन ज्याकेट लगायत थुप्रै सामानहरु फरकफरक डिजाईनमा विक्री वितरण भईरहेको छ । पुरुषका कपडाहरु मात्र उत्पादन तथा विक्री वितरण गर्दै आएको यस कम्पनीले आगामी दिनमा महिला तथा बच्चाका कपडाहरु, सबैखाले ब्याग, जुत्ता तथा लेदरका ज्याकेटहरु पनि उत्पादन गर्ने लक्ष्य लिएको छ ।

 

Logo