सांग्रिला डेभलपमेन्ट बैंकको १५ औं वार्षिक साधारण सभा सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैंकको १५ औं वार्षिक साधारण सभा सम्पन्न

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज लैनचौरस्थित लैनचौर ब्याङ्क्वेटमा भएको साधारण सभाले आ.व.२०७५/०७६ को सञ्चालक समितिको वार्षिक प्रतिबेदन पारित गर्नुका साथै लेखापरीक्षण प्रतिवेदन सहित २०७६ आषाढको वित्तीय अवस्थाको विवरण, नाफा–नोक्सान विवरण तथा विस्तृत आयको विवरण लगायतका वार्षिक वित्तीय विवरणहरू स्वीकृत गरेको बैंकले जनाएको छ । सभाले चालु आ.व. २०७६/७७ को लागि श्री श्याम कार्की एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्टस्लाई बाह्य लेखापरीक्षकमा नियुक्त गरेको जानकारी दिएको छ ।

साधारण सभामार्फत सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजी रु.२,६०,६६,४०,४०० को ८.९५९३% (कर सहित)ले हुन आउने रु २३,३५,३७,२९६ नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाले स्वीकृत गरेको बैंकले जनाएको छ । बैंकका मुलुकभर ८९ शाखा कार्यालय, २६ एटिएम रहेका छन् ।

Skip This
Skip This
Logo