घट्न थाल्यो सुनको मूल्य, आज ७४ हजार ६ सयमा कारोबार

घट्न थाल्यो सुनको मूल्य, आज ७४ हजार ६ सयमा कारोबार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली बजारमा आज सुन प्रतितोला ७४ हजार ६ सयमा कारोबार भइरहेको छ । यो दुई दिन अघिको मूल्य भन्दा १ हजार ९ सयले कमी हो ।

साताको चौथो दिन बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७६ हजार ५ सय रुपैयाँ कायम भएको थियो । विहिबार एक हजार घट्दै ७५ हजार ५ सयमा कारोबार भएको सुन आज भने ७४ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

यो साता सुनको मूल्यमा उतार चढाव आइरहेको छ । यस्तै चाँदीको मूल्य पनि केहि घटेको छ । आज प्रतितोला ८८५ मा कारोबार भइरहेको चाँदी बुधबार ९२० रुपैयाँमा कारोबार भएको थियो ।

Logo