काठमाडौं — अर्थमन्त्री डा. युवराज खतिवडाले अब कर नबढ्ने तर कर उठाउने क्षेत्रको सुधार हुने बताएका छन् ।
कान्तिपुर मिडिया ग्रुपको नेपाली अर्थतन्त्र : आजको अवस्था र भोलिको दिशा’ विषयक एक कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले स्थानीय निकायले कर उठाएको विषयमा टिप्पणी गर्दै उनले अरूसँग अनुदान लिएर स्थानीय निकाय स्वायत्त हुन नसक्ने भन्दै उनले स्थानीय तहले पनि केही आम्दानीको स्रोत पहिल्याउनुपर्ने बताए ।
साथै नेपाल सरकारको अवधारणा लोक कल्याणकारी राज्य भएको बताउँदै उनले भने–‘ लोक कल्याणकारी राज्यमा उत्पादक शक्तीको विकास पनि गरिन्छ । सामाजिक सुरक्षाको दायराबाट सामाजिक न्यासहितको वितरणतर्फ पनि हामी जान्छौ ।’





























प्रतिक्रिया