काठमाडौं । पुतलीसडकस्थित इन्फर्मेटिक्स कन्सल्टेन्सी प्रा.लि. ‘मोस्ट प्रिफर्ड कन्सल्टेन्सी–न्यूजील्याण्ड’ अवार्डबाट सम्मानित भएको छ।
केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिद्वारा ललितपुरस्थित द प्लाजामा आयोजित ‘चौथो संस्करणको केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ अन्तर्गत न्यूजील्याण्डमा उच्च शिक्षा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीलाई विश्वसनीय शैक्षिक परामर्श, उपयुक्त शैक्षिक संस्थाको छनोट, भिसा प्रक्रियामा सहजीकरण तथा करिअर मार्गदर्शन प्रदान गर्दै आएको योगदानको मूल्यांकन गर्दै इन्फर्मेटिक्स कन्सल्टेन्सीलाई उक्त सम्मान प्रदान गरिएको हो।
विद्यार्थीको आवश्यकता र क्षमता अनुरूप परामर्श सेवा प्रदान गर्दै आएको इन्फर्मेटिक्स कन्सल्टेन्सीले न्यूजील्याण्ड अध्ययन गन्तव्यका विषयमा सही सूचना, पारदर्शी सेवा र परिणाममुखी परामर्शमार्फत विद्यार्थी तथा अभिभावकमाझ विश्वासिलो संस्था बन्न सफल भएको छ ।
कार्यक्रममा देशभरका उत्कृष्ट शैक्षिक संस्था, शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्व तथा शैक्षिक परामर्श संस्थाहरूलाई विभिन्न विधामा सम्मान गरिएको थियो।





























प्रतिक्रिया