‘लगानीमैत्री वातावरणका लागि निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक’ : वरिष्ठ उपाध्यक्ष ढकाल

‘लगानीमैत्री वातावरणका लागि निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक’ : वरिष्ठ उपाध्यक्ष ढकाल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नु पर्ने बताएका छन् । सरकारले निजीक्षेत्रलाई आफ्नो व्यवसायिक पार्टनरको रुपमा नहेर्दासम्म मुलुकमा व्यवसायिक वातावरण बन्न नसक्ने उनले बताएका छन् ।

आइतबार बागलुङ बजारमा आयोजित बागलुङ उद्योग वाणिज्य संघको साधारणसभालाई सम्बोधन गर्दै उनले निजीक्षेत्रलाई आफ्नो व्यवसायिक पार्टनरको रुपमा नहेर्ने नीतिका कारण मलेसियाले छोटै समयमा विकास गरेका नमूनाहरुका उदाहरणहरु प्रस्तुत गर्दै जबसम्म राज्यले निजी क्षेत्रलाई व्यवसायिक पार्टनरको रुपमा लिँदैन तब सम्म निजी क्षेत्रको लगानी विस्तार हुन नसक्ने बताए ।

आइएमई ग्रुपका अध्यक्ष समेत रहेका वरिष्ठ उपाध्यक्ष ढकालले देशमा लगानीमैत्री वातावरण बनाउन, निजी क्षेत्रलाई लगानीका लागि सहजीकरण गर्न र सम्मृद्ध नेपाल निर्माण गर्न राज्यले निजी क्षेत्रलाई हेर्ने परम्परावादी दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने बताए । राज्यले निजी क्षेत्रलाई पुरानै दृष्टिकोणले हेर्ने हो भने जति नै धेरै लगानी सम्भावनाहरु भए पनि निजी क्षेत्रको लगानी आउन नसक्ने भन्र्दै उनले भने,‘राज्यको परम्परागत नियम, कानुन र दृष्टिकोणले व्यवसायीहरुलाई सहजीकरण भन्दा पनि निरुत्साहित गरेको छ ।’

व्यवसायी जति सबै नाफाखोर मात्र हुन् भन्ने तथा व्यवसायीले राज्यसँग लगानी या व्यवसायमैत्री वातावरण या आफ्नो व्यवसायिक सुरक्षा आदिको माग गर्दा कुनै व्यक्तिका लागि मागे जस्तो व्यवहार राज्यले हेर्ने र परम्परागत दृष्टिकोणहरु अहिले पनि कायमै रहँदा देशमा उद्योग तथा व्यवसायका क्षेत्रमा सहज वातावरण बन्न नसकेको उनको भनाई छ ।

हाल देशमा पूँजीका कारण कुनै व्यवसाय गर्न सक्ने अवस्था छैन । उनले भने, ‘अहिले कुनै एक सानो कम्पनीको आइपिओ खुल्दा पनि १० गुणा, २० गुणासम्म बढी आवेदन पर्दछ, यसैबाट देखिन्छ कि जनतासँग छरिएर रहेको पूँजी धेरै छ, मात्र त्यसलाई एकिकृत गरेर लगानीमा लगाउनु पर्छ ।’

उनले नेपालमा पूँजीको अभावमा नभएर वातावरण र अग्रसरताको अभावमा लगानी बढ्न नसकेको बताए । यसैले नेपाल उद्योग वाणिज्य महासंघको वर्तमान नेतृत्वले देशमा सानादेखि कर्पोरेट तहमा लगानीको वातावरण बनाउन र वैदेशिक लगानी भित्र्याउने काममा सहजीकरण गर्ने धारणा पनि ढकालले राखे ।

Skip This
Skip This
Logo