काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम जारी छ । पाँचदिन स्थिर रहेर साेमबारदेखि बढ्न थालेकाे सुन चाँदीकाे मूल्य मंगलबार पनि बढेकाे छ ।
मंगलबार सुनको मूल्य ३ सयले बढेर ७२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन तोलाको ७१ हजार ९ सय रुपैयाँमा कारोबारो भएको थियो।
यस्तै, चाँदी तोलामा ८ सय ७५ मा कारोबार भइरहेको छ। सोमबार बजारमा चाँदी तोलामा ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।































प्रतिक्रिया