सानिमा बैंकको सानिमा प्रथम घर कर्जा योजना

सानिमा बैंकको सानिमा प्रथम घर कर्जा योजना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सानिमा बैंकले ‘सानिमा प्रथम घर कर्जा’ को विशेष कर्जा सुविधा योजना ल्याएको छ। यो सुविधा अन्तर्गत आवासीय घर बनाउन लाग्ने निर्माण खर्चको अधिकतम सय प्रतिशतसम्म बैंकले कर्जा उपलब्ध गराउनेछ।

‘सानिमा प्रथम घर कर्जा’ योजना अन्तर्गत बैंकले ऋणिका लागि अधिकतम् लगानी, अधिकतम कर्जा अवधि, सुलभ ब्याजदर तथा कर्जा सेवा शुल्कमा भारी छुट जस्तो आकर्षक सुविधा प्रदान गर्नेछ।

साथै ऋणिलाई बजारमा हुने उतार चढावबाट सुरक्षित गर्न ‘सानिमा प्रथम घर कर्जा’ अन्तर्गत कर्जा प्रवाह गर्दा निर्धारित ब्याजदर कर्जा अवधिको शुरुवात समयको लागि यथावत राखिनेछ। आवासीय घर निर्माण वा खरिद गर्न चाहने सबैले सानिमा प्रथम घर कर्जाको आकर्षक फाइदा तथा सानिमा बैंकको अन्य सरल कर्जा सुविधाको लाभ लिन सक्नेछन्।

Logo