काठमाडौं ।
उर्जा बचत कार्य गरे बापत राष्ट्रिय वाणिज्य बैंकले विभिन्न कम्पनीलाई अनुदान रकम हस्तान्तरण गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंकद्वारा जर्मन सरकारको सहयोगमा संचालित इनर्जी इफेन्सि प्रोगाम नेपालको अनुदान सहयोग कार्यक्रम अन्र्तगत नेपाल सालिमार सिमेन्ट प्रा.लिलाई एक करोड रुपैंया, नेपाल डेरीलाई १८ लाख ५ सय अठसठ्ठी रुपैंया, पन्चकन्या स्टिल प्रा.लिलाई १३ लाख ९९ हजार एक सय दुई रुपैयाँ प्रदान गरेको छ ।
यस्तै प्रिमियर वायर्स प्रा.लिलाई ५ लाख ५० हजार ८ सय रुपैंया, बागमती आयल इन्डष्ट्रिजलाई एक लाख पैंसठ्ठी हजार ९ सय रुपैंया, मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गरेको हुँदा स्वीकृत अनुदान कार्यविधि अनुसार अनुदान सहयोग सम्झौता आदान प्रदान तथा अनुदान रकमको चेक बिहिबार हस्तान्तरण गरिएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले चेक हस्तान्तरण गर्दै अन्य उद्योगहरुलाई उर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आव्हान गरे ।





























प्रतिक्रिया